ad

१३ हजार कर्मचारीलाई कारबाही गर्न अख्तियारको निर्देशन

Nepal Live

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पती विवरण नबुझाउने १३ हजार ३ सय ९० कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ। उनीहरुलाई प्रति व्यक्ति ५ हजार रुपैयाँसम्म जरिवाना गर्ने निर्णय गरेको छ। 

हरेक सरकारी कर्मचारीले आर्थिक वर्षको ६० दिनभित्र सम्पती विवरण बुझाउनु पर्ने प्रावधान छ। तर, कतिपयले जानी जानी सम्पती विवरण नबुझाउने गरेका छन्। ५ हजार जरिवाना गराई सम्पती विवरण बुझाउन गर्ने र गराउने निर्णय भएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए। कारबाहीमा पर्नेमा धेरै जसो शिक्षक छन्। निजामती कर्मचारी र प्रहरीहरुको संख्या पनि ठुलो छ। 

१३ हजार ३ सय ९० कर्मचारीले सम्पती विवरण नबुझाएको भन्दै उनीहरुलाई कारबाही गर्न राष्ट्रिय सर्तकता केन्द्रले अख्तियारमा नामहरु सिफारिस गरेको थियो। सोहीअनुसार आयोगले कारबाहीको निर्णय गरेको हो। उनीहरुबाट ६ करोड ६९ लाख ५० हजार रुपैयाँ जरिवाना सरकारले असुल्ने छ। 

कतिपय कार्यालयबाट विवरण नै प्राप्त नभएकोले विवरण पेश गर्न आयोगले निर्देशन दिएको छ। 

प्राप्त प्रतिकृयाहरू

Arjun Tharu
धेरै राम्रो हुने भयो अब देखि यस्ता काम गर्ने छैनन् होला

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार