सहसचिवको हेरफेरः राजश्व अनुसन्धानमा मैनाली, अख्तियारको प्रवक्तामा दंगाल

Nepal Live

 काठमाडौं– सरकारले केही सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ। हेरफेरअनुसार राजश्व अनुसन्धान विभागको महानिर्देशकमा दीर्घराज मैनालीलाई पठाइएको छ। यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। 

राजश्व अनुसन्धान विभागलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत ल्याइसकेको छ। जसअनुसार प्रधानमन्त्री कार्यालयले नै मैनालीलाई विभागमा खटाएको हो। 
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव रामेश्वर दंगाललाई प्रवक्ताको जिम्मेवारी दिएको छ। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार