'अधिनायकवाद आऊला भन्ने आशंका र अपेक्षाको अर्थ छैन'

प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर

Nepal Live

काठमाडौं– अधिनायकवाद आऊला भन्ने आशंका र अपेक्षाको कुनै अर्थ नभएको सरकारले बताएको छ। सोमबार संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापक जनसमर्थनमा बहुमतको सरकार बनेको स्मरण गराएकी छिन्।

'हामीले शान्ति र स्थायित्वको आधार बनाएका छौं," नीति तथा कार्यक्रममा भनिएको छ, 'एउटै चुनावी घोषणापत्र, एउटै उद्देश्य, एउटै नीतिका साथ व्यापक जनसमर्थनमा बहुमतको सरकार बनेको छ। यो महत्त्वपूर्ण कुरा हो। लोकतन्त्र मासिएला, अधिनायकवाद आऊला र जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको आधारमा व्यवहार गरिने सामन्ती प्रतिगमन होला भन्ने आधारहीन आशंका र अपेक्षाहरुको अब कुनै अर्थ छैन।'

देशभक्तिलाई होच्याउने कुरा सरकारले स्वीकार गर्न नसक्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 'सरकारको प्रत्येक कामको केन्द्रबिन्दु जनता हुनेछन्,' नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै सरकारले प्रतिव्यक्ति आय ५ वर्षमा दोब्बर बनाउने उल्लेख गरेको छ। आगामी वर्ष दोहोरो अंक नजिक र ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरिने सरकारले अपेक्षा राखेको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार