काठमाडौं– प्रकाश सपुतको लेखन, संगीत, रचना र उनकै भिडियो निर्देशन रहेको लोक गीत 'बोल माया' यतिबेला भाइरल बनिरहेको छ। बलिउड अभिनेता सलमान खान अभिनीत 'रेस ३' को ट्रेलरलाई पछि पार्दै गीतको भिडियो युट्युब ट्रेन्डिङ नम्बर १ मा परेको हो।
सामान्यतया चर्चाका हिसाबले थोरै हेरिने लोक तथा लोक दोहोरी विधा अन्तर्गत 'बोल माया'लाई भने दर्शककाे राेजाइमा पर्न सफल भएकाे छ। गीतले छोटो समयमानै ५लाख बढि दर्शक पाईसकेको छ।
यसअघि प्रकाश सपुत र प्रीति आलेको लोक दोहोरी विधाको परिवर्तित रुपमा सार्वजनिक दाहोरी ब्याटलले पनि चर्चा पाएको थियो।
समृद्ध जीवनको सुन्दर सपना सजाएर विदेशिने तर काठको बाकसमा बन्द भएर फर्किने यथार्थ कथामाथि बनेको गीत केही दिन अघि श्रम मन्त्रीको उपस्थितीमा सार्वजनिक गरिएको थियो । जतिबेला मन्त्री समेत भावुक बन्न पुगेका थिए।
चर्चित लोक गायक तथा फिल्म निर्देशक नारायण रायमाझी, गायिका शान्तिश्री परियार र प्रकाश सपुतको स्वर रहेको गीत मार्मिक शब्द संरचनामा निर्माण गरिएको छ।
भिडियोमा श्रीमानको मृत्युपछि भावुक बनेकी श्रीमतीको भूमिकामा अञ्जली अधिकारीको अभिनय रहेको छ भने अन्य पात्रहरुमा लेखक प्रकाश, देवेन्द्र बब्लु र सितारे गन्धर्व पनि देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।