काठमाडौं- साताको दोस्रो दिन नेप्सेमा २ दशमलब ०६ अंकको गिरावट आएको छ। आज परिसूचक १ हजार ३३७ दशमलब १३ अंकको बिन्दुमा आइपुगेको छ।
सोमबार १ सय ६३ कम्पनीको ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नागरिक लगानी कोषको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको २ करोड ४१ लाख ९३ हजार ९६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, राष्ट्रिय बिमा कम्पनीको १ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार नयाँ नेपाल लघुवित्त वित्तीय विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य १९९ रुपैयाँ अर्थात् ९ दशमलब ७१ प्रतिशतले बढेको छ। त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता १ सय ४० रुपैयाँ कमाएका छन्।
यता सर्वाधिक कारोबार भएको राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७ सय ७४ रुपैयाँले घटेको छ। त्यस्तै, तारा गाउँ रिजेन्सीका लगानीकर्ताले १७ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।