काठमाडौं– तीन जना गाउँले युवकहरुको कथालाई लिएर फिल्म 'माछा माछा'को छायांकन सुरु भएको छ। सोमबार राजधानीको गौरीघाटमा फिल्मको छायांकन सुरु गरिएको हो।
गाउँबाट सहरमा स्थापित हुन युवकहरुले गर्नुपर्ने संघर्षको कथा फिल्मले बोकेको छ।
सुनिल गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा ३ युवाहरुको भूमिकामा सौगात मल्ल, विजय बराल र अनोज पाण्डे रहनेछन्। प्रविण खतिवडा, सरिता गिरी, नम्रता श्रेष्ठ (गाँठोकी डेब्यु अभिनेत्री), भोलाराज सापकोटा, कमलमणि नेपाल र पुस्कर लगायतका कलाकार पनि फिल्ममा अटेका छन्।
फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा शिवराम श्रेष्ठको छायांकन रहनेछ। एक महिनासम्म फ्लोरमा रहने फिल्म आउँदो पुस अन्त्यतिर रिलिज गर्ने तयारी रहेको निर्माण युनिटको योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।