काठमाडौं– काठमाडौंको नयाँ वसपार्कमा आइतबार साँझ नाटकीय शैलीमा लुटपाट भएको छ। श्रीमती बिरामी भएको र उपचार खर्च दिन सहयोग माग्दै एक व्यक्तिले एक लाख ४७ हजार रुपैयाँ लुटेका छन्। पाँचथरका मेगेन्द्र दुलालको १ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको हो।
आइतबार नयाँबसपार्कबाट माइक्रो चढी जमल स्थित राष्ट्रिय नाचघर अगाडी झर्ने क्रममा अपरिचित व्यक्तिले बाटो छेकेर मेरो श्रीमती विरामी भई अप्रेशन गर्नु पर्ने भएकोले सहयोग गरिदिनु भन्दै पैसा मागेका थिए। दुलालले खल्तीमा रहेको पैसाको बिटोबाट १ हजार रुपैयाँ दिन लाग्दा उनीहरुले रकम लुटेर भागेका हुन्। पैसा माग्ने व्यक्तिका अन्य साथीहरु समेत मिलेर पैसा लुटेर भागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।