राइपुर, भारत- छत्तिसगढ सशस्त्र बल तथा जिल्ला प्रहरी बलको एक गस्ती समूहलाई लक्षित गरी बिछ्याइएको बम विस्फोट हुँदा दन्तेवडा जिल्लामा कम्तीमा ७ जना प्रहरीको मृत्यु भएको छ।
नक्सलवादी समूहको प्रभाव रहेको दन्तेवडाको चोलनार गाउँमा गराइएको विस्फोटबाट दुई जना घाइते भएको नक्सलवादी गतिविधि नियन्त्रण अभियानका प्रहरी नायब महानिरीक्षक सुन्दरराज पीले बताए।
घटना दन्तेवडा क्षेत्रमा भएको र उक्तस्थानमा थप प्रहरी बल खटाइएको उनले बताए। सुरक्षाकर्मीले लुकिछिपी आक्रमण गर्ने समूहको खोजी जारी राखेको बताएको छ।
प्रारम्भिक अनुसन्धानबाट नक्सालवादी समूहले उक्त आक्रमणमा शक्तिशाली विस्फोटन गराएको हुन सक्ने बताइएको छ। तर अनुसन्धान जारी रहेकोले यसबारे विस्तृत विवरण थप अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।