काठमाडौं- नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले आइतबार स्टाइलिस स्कुटर फेसिनो आकर्षक कलरमा सार्वजनिक गरेको छ। ‘सपुरमोडेल स्कुटर’ ‘ग्ल्यामरस गोल्ड’ कलरमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ।
मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ कलरको फेसिनो सार्वजनिक गरेकी हुन्। तीन वर्षअघि नेपाली बजारमा आएदेखि नै फेसिनो युवामाझ लोकप्रिय रहेको विक्रेता कम्पनीले जनाएको छ।
कम्पनीले स्कुटर डिजाइनका हिसाबले मात्र सुन्दर नभई प्राविधिक रुपमा पनि उच्चकोटीको रहेको दाबी गरेको छ। फेसिनो ‘ग्ल्यामरस गोल्ड’सहित ‘डेपर ब्लु’ र ‘बिमिङ ब्लु’मा पनि उपलब्ध हुनेछ।
सोल्टी होटलमा आयोजित कार्यक्रममा मिस नेपाल २०१८ सँगै यामाहा फेस अफ फेसिनो उपाधि विजेता शृंखला खतिवडालाई एमएडब्लू इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले फेसिनो हस्तान्तरण गरे। उनी अब एक वर्षका लागि यामाहा फेसिनोको विज्ञापन अभियानमा सहभागी हुनेछिन्।
गत महिना एमएडब्लुले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ‘रिसेल प्रोमिस’ घोषणा गरेको थियो। यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्र यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ७५ प्रतिशत पाउने कम्पनीले जनाएको छ।
साथै, स्कुटर किनेको १२ महिनादेखि १८ महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ७० प्रतिशत पाउनेछन्। त्यसैगरी, १८औं महिनादेखि २४औं महिनामा यामाहाका दुई पांग्रेसँग एक्सचेन्ज गर्न चाहने स्कुटरधनीले ६५ प्रतिशत मूल्यांकन पाउनेछन्। यामाहाको ‘रिसेल प्रोमिस’ चैत १ गतेदेखि स्कुटर खरिद गर्ने सबै ग्राहकले पाउनेछन् भने यो योजना ३ वर्षका लागि लागू हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।