काठमाडौं– इन्डियन प्रिमियर लिगअन्तर्गत समूहको अन्तिम खेलमा देल्ली डेयर डेभिल्सले मुम्बइ इन्डियन्सलाई ११ रनले पराजित गरेको छ।
मुम्बइका लागि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने थियो। तर, देल्लीका बलरले मुम्बइलाई रोकिदिए। पहिले ब्याटिङ गरेर ४ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको मुम्बइ १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ६३ रनमा समेटियो।
देल्लीका लागि सन्दीप लामिछानेले महत्वपूर्ण ३ विकेट लिए। देल्लीका लागि पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले पहिलो ओभरमै विकेट लिए। उनले मुम्बइका सूर्यकुमार यादवलाई १२ रनमा क्याच आउट गराए। यस्तै, सन्दीपले आफ्नो दोस्रो ओभरमा दुई विकेट लिए। उनले ७ रनमा खेलिरहेका किरन पालार्ड र ४ रनमा खेलिरहेका क्रुनाल पण्डेलाई पबेलियन फर्काए। सन्दीपले ४ ओभर बलिङ गर्दै ३६ रन दिएर ३ विकेट लिएका थिए। आइपिएलमा देल्लीका अन्तिम ३ खेल खेलेका सन्दीपले आफ्नो नाममा ५ विकेट लेखाएका छन्।
यस्तै, देल्लीका लागि अमित मिश्र र हर्षल पटेलले पनि समान ३–३ विकेट लिए भने ट्रेन्ट बोल्टले १ विकेट हात पारे।
यसअघि नै प्लेअफमा पुग्नबाट बाहिरी सकेको देल्लीका लागि आजको जित सान्त्वना रह्यो भने मुम्बइलाई भने प्लेअफ पुग्नबाट वञ्चित गरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।