काठमाडौं– आइपिएलको तेस्रो खेलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सनसनीपूर्ण बलिङ गरेका छन्।
उनले एकै ओभरमा २ विकेट लिएका छन्। दशौं ओभरको पहिलो बलमा मुम्बईका किरण पोलार्ड तथा चौथो बलमा क्रुनाल पाण्डेलाई आउट गरेका हुन्।
पहिलो ओभरमै उनले मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादबलाई १० रनमा आउट गरेका थिए।
पहिलो ओभर बलिङ गरेका सन्दीपको पहिलो बलमा चौका तथा दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा यादबले २ रन जोडे। तेस्रो बलमा झन्डै उनले विकेट लिएका थिए। फिल्डरको नजिकै बल ड्रप भएको थियो।
आफ्नो दोस्रो ओभरमा उनले २ विकेट लिएर सात रन लिए
चौथो बलमा उनले यादबलाई आउट गरेका हुन्। सन्दीपको बलमा यादब क्याचआउट भए। टस हारेर पहिलो ब्याटीङ गरेको दिल्लीले मुम्बईलाई १ सय ७५ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।