काठमाडौं– आइपिएलको तेस्रो खेलमा पनि सन्दीप लामिछानेले विकेट लिएका छन्। पहिलो ओभरमै उनले मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादबलाई १० रनमा आउट गरे।
पहिलो ओभर बलिङ गरेका सन्दीपको पहिलो बलमा चौका तथा दोस्रो बलमा छक्का प्रहार गरेका थिए। तेस्रो बलमा यादबले २ रन जोडे। तेस्रो बलमा झन्डै उनले विकेट लिएका थिए। फिल्डरको नजिकै बल ड्रप भएको थियो।
चौथो बलमा उनले यादबलाई आउट गरेका हुन्। सन्दीपको बलमा यादब क्याचआउट भए।
विकेट लिएपनि उनको पहिलो ओभर महंगो हुन पुग्यो। पहिलो ओभरमा उनले १३ रन दिए।
टस हारेर पहिलो ब्याटीङ गरेको दिल्लीले मुम्बईलाई १ सय ७५ रनको लक्ष्य दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।