काठमाडौं- नेपालका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज तेस्रो खेलका लागि उत्रँदै छन्।
मुम्बई इन्डियन्सका लागि प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाव रहेको अवस्थामा सन्दीप तेस्रो खेलमा उत्रन लागेका हुन्। यसअघि दुई खेलमा राम्रो इकोनोमीका साथ बलिङ गरेका सन्दीपले दुई विकेट समेत लिएका छन्। सन्दीपले मुम्बईका भेट्रान ब्याट्सम्यान रोहित शर्मा, किरण पोलार्ड, हार्दिक पाण्ड्या लगायत विरुद्ध खेल्नेछन्।
फिरोज शाह कोट्ला रंगशालामा हुने खेलमा दिल्ली पनि सान्त्वना जितको खोजीमा हुनेछ। आजको खेलमा दिल्ली डेयरडेभिल्सले टस जितेर ब्याटिङ रोजेर मुम्बई इन्डियन्सलाई बलिङको निम्तो दिएको छ। दिल्ली आफ्नो अन्तिम खेलमा मुम्बईलाई पराजित गर्दै सुखद अन्त्य गर्ने दाउमा छ।
दिल्ली आइपिएलको अन्तिम सूचीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।