गाईघाट– सोलुखुम्बुको अमा दब्लम हिमाल आरोहण गर्ने क्रममा मलेसियाका नागरिकको मृत्यु भएको छ।
आरोहणका क्रममा चिप्लिएर ४३ वर्षीय रमन नैय हाचोडनको मृत्यु भएको हो। मृतकको शव शनिबार बिहान फिस्टेल एयरको हेलिकोप्टरबाट लुक्ला विमानस्थल ल्याइएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ।
खुम्बु पासाङल्हमु गाउँपालिका ४ स्थित आमादब्लम हिमालको तेस्रो क्याम्पभन्दा माथि चढ्न नसकेपछि फर्कने क्रममा चिप्लिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।