काठमाडौं- फोटो पत्रकार पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। उनले आज बिहान ८:१० बजे सफल आरोहण गरेको तेम्बा छिरी शेर्पाले जानकारी दिएका छन्।
सगरमाथा आरोहणका क्रममा श्रेष्ठले ६ हजार ३० मिटर उचाइ देखि क्याम्प थ्री ६ हजार ८ सय ५० मिटरको उचाइसम्म फोटो प्रदर्शनी गरेकी थिइन्।
'नेपाली वुमेन स्माइल'शीर्षक दिइएको प्रदर्शनीमा नेपाली महिलाको प्रफुल्लित मुद्राका ३० फोटो राखिएका थिए। सगरमाथामा फोटो प्रदर्शनी गर्ने लक्ष्य राखेर उनले पाँच वर्षअघिदेखि ती फोटोहरु खिचेकी थिइन्।
फोटो पत्रकार क्लबको सदस्य रहेकी श्रेष्ठको आरोहण दलमा विदेशीसहित ११ जना छन्। यसअघि उनले मनास्लुको पनि सफल आरोहण गरिसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।