काठमाडौं– यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाउन भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई विभागबाट हटाइएका छन्।
उनलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले मन्त्रालय तानेका हुन्। उनी २०७४ चैत २२ मा विभागमा हाजिर भएका थिए। उनलाई बुधबार नै मन्त्रालय तान्ने निर्णय गरिएको थियो।
सिन्डिकेट तोड्न पनि उनलाई मन्त्री महासेठले असहयोग गरेको खबर सार्वजनिक भएका थिए। त्यसैले गृहमन्त्री रामबहादुर थापा 'बादल'को सहयोगमा सिन्डिकेट अन्त्य गर्न सफल भएका थिए। तर यातायात व्यवसायीहरुले भने भट्टराईलाई फिर्ता बोलाउन मन्त्रीहरुलाई दबाब दिँदै आएका थिए।
पछिल्लो समय उनी ट्याक्सी व्यवसायीको सिन्डिकेट हटाउने तयारीमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।