नयाँदिल्ली - नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट बलिङमा दिल्ली डेयरडेभिल्स्ले चेन्नइ सुपर किंग्समाथि विजय हात पारेको छ। ३४ रनले दिल्लीले चेन्नईलाई हराएको हो। १ सय ६३ रनको लक्ष्य दिल्लीले दिएकोमा चेन्नई १ सय २८ रनमा समेटियोे।
सन्दीपको अर्काे प्रभावशाली बलिङ
चेन्नईविरुद्धको खेलमा दिल्लीका सबैजसो बलरले राम्रो बलिङ गरेका थिए। जितका लागि संदीपले प्रभावशाली बलिङ पनि एउटा कारण थियो।
चेन्नइविरुद्धको खेलमा उनले सुरेश रैनाको विकेट लिए। ४ ओभरमा उनले २१ रन दिएर १ विकेट लिएका हुन्। बैंगलोरविरुद्धको पहिलो खेलमा १ विकेट लिएर २५ रन दिएका थिए।
पहिलो ओभरमा २, दोस्रो ओभरमा ६, तेस्रो ओभरमा २ रन मात्र दिएका उनले थौथो ओभरमा ११ रन दिएका थिए। तेस्रो ओभरमा उनले रैनाको विकट लिए। लमिछानेविरुद्ध चेन्नइका खेलाडीले एउटा मात्र छक्का हो। चौथो ओभरमा सन्दीपको बलमा रबिन्द्र जडेजाले छक्का हानेका हुन्। उत्कृष्ट बलिङसँगै सन्दीपले स्टाइलिस प्लेयस अवार्ड पनि हात पारे।
टस जितेर पहिले चेन्नइले बलिङ रोजेको थियो। दिल्लीले एक सय ६३ रनको लक्ष्य उसलाई दिएको थियो।
बैंगालोरविरुद्धको खेलमा सन्दीपले प्रभावशाली बलिङ गरेपछि दोस्रो खेलमा पनि सन्दीप छनोटमा परेका हुन्। पहिलो भन्दा दोस्रोमा उनले अझै राम्रो बलिङ गरेका छन्। अब दिल्लीले अन्तिम खेल आइतबार मुम्बईसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।