काठमाडौं– लोक सेवा आयोगले सहसचिवको खुला परिक्षाको नतिजा प्रकाशन गरेको छ। ६ जना खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाल्न सफल भएका छन्।
जसमा गोगनबहादुर हमाल, मुक्तिप्रसाद पाण्डे, डा टोकराज पाण्डे, आनन्द सारु, रुद्रादेवी शर्मा र सन्तबहादुर सुनार छन्। उनीहरु सबै निजामती प्रशासनका उपसचिव हुन्। ३ जना खुला तथा ३ जना समोबेशी कोटा अन्र्तगत सहसचिवमा सफल भएका हुन्।
बढुवा भएका गोगनबहादुर, मुक्ति र डा टोकराजले खुला कोटामा नाम निकालेका हुन्। उनीहरुमध्ये पिएचडी गरेका टोकराजसँग यातायात क्षेत्रको लामो अनुभव छ। सिन्डिकेट हटाउने अभियानका उनी एक पहलकर्ता हुन्।
नाम निकाल्नै सबैलाई नियुक्तिका लागि आयोगले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।