झापा– सुनको विवादमा झापाको बिर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको अपहरण गरी हत्या गर्नेहरु जेल चलान भएका छन्।
अपहरण तथा शरिर बन्धक मुद्दामा द्धसिद्धी ज्वलर्सका सञ्चालक पारस कुमार देव, चिरञ्जिवी ओली, दिपेश पौडेल, सुजन चौधरी जेल चलान भएका हुन्।
पक्राउ परेका मध्ये पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद बिश्वकर्मालाई भने अदालतले १८ लाख ५० हजार २ सय ३० रुपैयाँ धरौटी माग भएको छ।
तस्करीको सुन विवादमा मुखियाको अपहरण गर गत फागुन २० गते हत्या भएको थियो।
सुन किन्ने बहानामा बोलाएर उनको हत्या गरी बोरामा हालेर शव फालिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।