काठमाडौं– केही समयअघि बक्सअफिसमा सार्वजनिक फिल्म 'बागमती' युट्युमार्फत पनि शुक्रबार सार्वजनिक भएको छ। अभिनेता राजेश हमाल र शिव श्रेष्ठको मुख्य भुमिका रहेको फिल्म अब हलसम्म पुग्न असमर्थ दर्शकले हेर्न पाउने भएका छन्।
यसअघि बक्स अफिसमा अपेक्षा अनुसारको व्यापार गर्न नसकेको फिल्मलाई युट्युबमा भने दर्शकले राम्रो साथ दिने अपेक्षा रहेको फिल्मकी निर्मात्री यशोदा राईले बताइन्। उनी फिल्म 'यस्तो एउटा प्रेम कहानी'की पनि निर्मात्री हुन्। सोही फिल्मको कलाकार सार्वजनिक कार्यक्रममा बोल्दै उनले फिल्म बागमतीमा स्टार कलाकारहरु भएर पनि अपेक्षा अनुरुपको व्यपारबाट चुक्नुमा फिल्म निर्माण युनिटकै कमजोरी रहेको स्विकार गरिन्। सम्पादनका क्रममा धेरै दृश्य छुटाइएको र प्राविधिक कठिनाइले अपेक्षा अनुसारको समीक्षा प्राप्त हुन नसकेको उनको भनाइ छ।
२ करोडभन्दा बढी लगानीमा निर्माण गरिएको यस फिल्ममा राजेश र शिवका साथ, केकी अधिकारी, रविकरप्रसाद घिमिरे, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला, श्रेया कार्की, कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ।
हेर्नुस् फिल्म ‘बागमती’को पूरै दृश्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।