काठमाडौं- एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुरानो बोर्ड हटाएर नयाँ राखिएको छ।
यसअघि पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको मुख्यालय थियो। यो भवन अब एकीकृत पार्टीको मुख्य कार्यालयको रुपमा रहनेछ।
नेकपाका अध्यक्षद्व केपी ओली र पुषपकमल दाहाल प्रचण्ड आजै पेरिसडाँडा र धुम्बाराही पुग्दैछन्। यसअघि एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा भने जनसम्पर्क कार्यालय रहनेछन्। त्यहाँ राखिएको एमालेको बोर्ड पनि हटाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।