काठमाडौं- सरकारले चालु आर्थिक वर्षको ९ महिनामा ५०५ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार राजस्व संकलन अघिल्लो वर्षको ९ महिनाको तुलनामा २० दशमलव ८ प्रतिशतले बढेको हो।
सरकारले गत वर्ष ९ महिनाको अवधिमा ४१८ अर्ब ९५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। यो अवधिमा राजस्व संकलन ४४ दशमलव ४ प्रतिशतले बढेकोे थियो।
चालु अर्थिक वर्षको चैत मसान्तसम्ममा सरकारी ढुकुटीमा २८८ अर्ब ६४ करोड रुपैयाँ नगद मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार यो स्थानीय तहको खातामा जम्मा भएको १२१ अर्ब ९१ करोड समेत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।