काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सिमेन्ट र स्टिल उद्योगको विकासलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन्।
अर्थमन्त्री खतिवडाले सिमेन्ट र स्टिल उद्योगको स्थापनामा लगानी बढाउन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल ट्रेड समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वाधार विकास र उर्जा क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने सरकारको योजना पनि स्मरण गराए।
अर्थमन्त्री खतिवडाले सरकारले उद्योग क्षेत्रको विकासलाई गति दिन ५ वर्ष भित्र ५ हजार मेघावाट विद्युत उत्पादन गर्ने योजना अघि सारेको पनि स्पष्ट पारे। उनले उर्जा क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्न सरकार लागि परेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।