काठमाडौं– जापानले नेपालको विपद् व्यवस्थापनका लागि ६८ करोड ३२ लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ।
अर्थसचिव डा राजन खनाल र नेपालका लागि जापानका राजदुत मसाशी ओगावाले नेपालको विपद् व्यवस्थापनका लागि जापान सरकारले ६८ करोड ३२ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरिएको समझदारी पत्रमा सो अनुदान सहायता नेपालको भूकम्पपछिको पुनर्निर्माण, बाढी र पहिरोजस्ता विपद व्यवस्थापनमा खर्च गर्ने उल्लेख गरिएको छ।
कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत ओगावाले नेपालको विपद् व्यवस्थापनका जापान सरकार आवश्यक सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए।
अर्थसचिव खनालले नेपालको आर्थिक विकासमा जापानले उल्लेख्य योगदान दिँदै आएको स्मरण गराएका थिए।
जापानले नेपालको आर्थिक तथा सामाजिक विकास कार्यक्रमका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।