बैंगलोर– आइपिएलको बिहिबारको खेलमा हैदरावादमाथि जित हात पार्दै बैंगलोरले प्लेअफमा पर्ने सम्भावना कायमै राखेको छ। जून जितका नायक एबी डिभिल्लर्स थिए।
सुरुदेखि नै आक्रामक ब्याटीङ गरेका उनले ३९ बलमा ६९ रन बनाए। त्यो भन्दा पनि उनले लिएको क्याचको धेरै चर्चा भइरहेको छ। बाउन्ड्रीमा उनले जम्प हानेर एलेक्स हेल्सलाई ‘क्याचआउट’ गरेका थिए।
जून क्याचले खेल बैंगलोरको पक्षमा पारेको थियो। सो क्याचको सर्वत्र प्रशंसा भइरहेका बेला बैंगलोरका कप्तान विराट कोहीले पनि त्यसलाई ‘स्पाइडरम्यान’ शैलीको क्याच भएको बताएका छन्। ‘त्यो क्याच स्पाइडरम्यान शैलीको हो, सामान्य मानवले त्यस्तो गर्न सक्दैनन्,’ विराटले भनेका छन्,‘उनका सटहरुले मलाई चकित बताउँछ, फिल्डिङ पनि अविश्वसनिय शैलीको हुन्छ।’
बिहिबारको खेलमा टस हारेर पहिलो ब्याटीङ गरेको बैंगलोरले २ सय १८ रन बनाएको थिए। जवाफी ब्याटीङमा हैदरावादले २ सय ४ रन मात्र जोड्न सक्यो। जितसँगै बैंगलोर पाँचौ स्थानमा उक्लिएको छ। लिग चरणको अन्तिम चरणमा बैंगलोरले राजस्थानसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल जितेपछि प्लेअफका लागि उ नेट रन रेटमा भर पर्नुपर्ने हुछ। १३ खेल खेलेका बैंगलोरसहित मुम्बई, राजस्थान र पञ्जाबको समान १२ अंग छ।
हारका बाबजुत १३ खेल खेलेको हैदरावाद १८ अंकाका साथ पहिलो स्थानमा छ भने १२ खेल खेलेको चेन्नई १६ अंगका साथ दोस्रो तथा कलकात्ता १३ खेल खेलेर १४ अंकका साथ तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।