काठमाडौं– गायिका सिर्जना गुरुङको स्वरमा ‘किन दु:ख मान्छौं’ बोलको गीत सार्वजनिक भएको छ।
विपी वाग्लेको शब्द तथा उनकै संगीतमा तयार गीतको सार्वजनिक म्युजिक भिडियोमा रिमा विश्वकर्मा र दीपक काफ्लेको अभिनय रहेको छ।
विष्णु अधिकारीको एरेन्ज रहको गीतको सार्वजनिक भिडियोमा युवराज वाइबाको निर्देशन तथा उत्सव दाहालको छायांकन छ। सार्वजनिक गीत गायिकाको पहिलो कोसेली हो।
पत्रकारितासँगै गायनमा लागेकी उनी भन्छिन्, 'यो मेरो महिलो प्रयास हो, यससँगै विस्तारै सांगीतिक यात्रामा कदम चालिरहनेछु।'
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।