क्वालालम्पुर– मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जानसक्ने बताएका छन्।
नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेतासमेत रहेका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताएका हुन्।
सन् २०१५ देखि जेलजीवन जीवन बिताएर बुधबार मात्रै इब्राहिम जेलमुक्त भएका थिए। त्यसको ठिक भोलिपल्ट एएफपीलाई अन्तरवार्ता दिँदै इब्राहिमले आफु चाँडै नै संसदमा फर्किने जानकारी दिएका छन्।
‘मलाई केही महिना समय दिनु, म सांसदको रुपमा संसदमा फेरी फर्किने छु। अहिले तत्कालको कुरा यही हो,’ उनले भने।
इब्राहिमलाई सजाय माफी घोषणा गरेर बुधबार जेलमुक्त गरिएको हो।
उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुवेच्छुकहरुले खुसीयाली मनाउँदै र्याली निकालेका थिए।
आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै अन्वारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताउँदै आएका छन्।
उनीसहितको गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार बनाएपछि त्यही सरकारले उनलाई रिहा गराएको हो।
नयाँ सरकारको प्रधानमन्त्री बनेका पुर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन्।
९२ वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।