ब्रसेल्स– युरोपेली आयोगले जर्मनी, फ्रान्स, संयुक्त अधिराज्य, इटाली, हङ्गेरी र रोमानियाले वायुको गुणस्तर मापदण्ड पूरा गर्न नसकेको भन्दै बिहीबार उनीहरूको मुद्दालाई अदालतमा लग्न लागिएको जनाएको छ।
युरोपेली संघ (इयू) को कार्यकारी निकायले यस अन्तर्गतका छ मुलुकहरूलाई वायुको गुणस्तर मापदण्ड पूरा गर्न कदम चाल्न वर्षौँदेखि चेतावनी दिँदै आएको भएपनि गत जनवरीसम्मका लागि अन्तिम मौका दिएको जनाएको छ।
तर इयूका वातावरण मामिला आयुक्त कर्मेनु भेल्लाले ब्रसेल्समा एक पत्रकार सम्मेलनमा भने,‘यूरोपमा बलियो अर्थतन्त्र भएका चार मुलुकसहितका छ राष्ट्रले दिइएको समयसिमाभित्र मापदण्ड पूरा गर्न असफल भएका छन्। अब यस मुद्दालाई उनीहरूविरुद्ध अदालतमा लगिने छ।
‘प्रस्ताव गरिएका थप उपाय निर्धारित वायुको प्रदुषणस्तरको मापदण्ड पूरा गर्न तत्कालै प्रयाप्त नदेखिएकाले यसलाई अदालतमा पठाउने तयारी भएको छ,’ भेल्लाले भने।
‘हामी योभन्दा अघि पर्खेर बस्न सक्दैनौँ,’ उनले थपे। ब्रसेल्सले उनीहरूलाई पर्खिराख्ने अवस्थालाई अन्य धेरै वर्ष पर्खने नसक्ने अर्थात मुद्दालाई अदालतमा लगिने उनको भनाइ थियो।
उनले स्पेन, चेक रिपब्लिक र स्लोभाकियालाई जनवरीमा वायुका लागि इयूले निर्धारण गरेको स्तर भेट्नेगरी काम गर्नलाई अन्तिम मौका दिएको थियो।
इयूले वायू प्रदुषणका कारण वार्षिक २४ अर्ब ७ करोड अमेरिकी डलर बराबरको स्वास्थ्य क्षेत्रमा खर्चिनु परेको छ तर यसलाई इयू सदस्य राष्ट्रलाई दिइएको वायु प्रदुषणस्तरलाई सुधार गर्नसकेमा घटाउन सकिने बताउँदै आएको छ।
यूरोपमा हरेक ४ जनामा ३ जनाले वायु प्रदुषणका कारण अल्पायुमा ज्यान गुमाउने गरेका छन् । रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।