पोखरा– कास्कीका नयाँ एसपी ओमबहादुर रानाले होटलहरुमा छापा हान्न थालेका छन्। बिहिबार लेकसाइडको एक होटलमा यौन व्यवसाय गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।
लेकसाइडको योकोहामाबाट ७ युवतीसहित १२ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ट्याक्सी चालकमार्फत सो होटलमा वेश्यावृत्ति हुदै आएको थियो। चालकले नै ग्राहक खोजेर होटलमा पुर्याउथे। सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
तीन दिनअघि मात्र कास्कीमा एसपी रानाको सरुवा भएको हो। नयाँ कार्यालयमा सरुवा भएर गएपछि प्रहरी अधिकारीहरुले सस्तो लोकप्रियताका लागि होटलमा छापा हान्ने प्रवृत्ती रहेको भन्दै आलोचना पनि हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।