धनुषा- प्रदेश २ को प्रदेशसभाको पहिलो अधिवेशन आज समाप्त भएको छ।
प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सरोजकुमार यादवले धन्यवाद मन्तव्य राख्दै पहिलो अधिवेशन समाप्त भएको घोषणा गरे। २०७४ फागुन २० गतेबाट सुरु भएको पहिलो अधिवेशन २०७५ जेठ ३ गते बसेर पहिलो अधिवेशन समाप्त भएको हो।
प्रदेश २ को पहिलो अधिवेशन २६ पटक २५ घन्टासम्म चलेको हो।
पहिलो अधिवेशनबाट २ वटा विधेयकसमेत पारित गरिसकिएको छ। आर्थिक कार्यविधि विधेयक र विनियोजन विधेयक पारित भएका हुन्। अधिवेशनबाट ६ वटा विधेयक टेबल गर्ने तयारी भइरहेको छ।
प्रदेश २ को प्रदेशसभामा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार सम्बन्धी विधेयक, सार्वजनिक लिखत प्रमाणिकरण विधेयक, स्थानीय तहको पदाधिकारी सेवा सुविधा सम्बन्धी विधेयक, प्रदेशसभाका पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक, मन्त्रीहरुको सेवा सुविधा सम्बन्धी विधेयक र स्थानीय तह सञ्चालन सम्बन्धी विधेयक सम्बन्धी विधेयक पारित गर्ने तयारी चलिरहेको संसद सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।