काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेताहरु सम्मलित ९ सदस्यीय सचिवालय रहने भएको छ।
नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन्।
उनका अनुसार विष्णु पौडेललाई सचिवालयको महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।