काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच आज एकीकरण घोषणा भएपछि बालुवाटारमा भोजको व्यवस्था गरिएको छ।
दुई पार्टीको छुट्टाछुट्टै बैठक बस्दै गर्दा बालुवाटारमा भने भोजको लागि तयारी तीव्र बनाइएको हो। आज साँझ राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा भएपछि नेताहरु बालुवाटार फर्केर भोजमा सहभागी हुने भएका छन्।
भोजलाई भव्य बनाउन बालुवाटारमा टेन्ट राख्ने र झल्लर बत्ती सजाउने काम भइरहेको छ। धुपीका रुखहरुमा समेत बत्ती बाल्नका लागि विद्युतको तार जोडिएको छ। काममा नेपाली सेना पनि खटिएका छन्।
भोजको जिम्मा कार्की क्याटरिङले लिएको छ।
भोजका लागि बालुवाटारको तयारी यस्तो छ-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।