काठमाडौं- हिमालयन बैंकले एकैदिन दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले बारा जिल्लाको प्रसौनी गाउँपालिका र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगन्जमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाहरुबाट ग्राहकलाई अत्याधुनिक तथा सबै प्रकारका बैंकिङ सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको कूल शाखा संख्या ४९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।