काठमाडौं- प्रभु इन्स्योरेन्सले सेयरधनी पुस्तिका बन्द ‘बुक क्लोज’को मिति तय गरेको छ।
कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर ०.४६ अनुपातको लागि जेठ १४ गतेको लागि ‘बुक क्लोज’को मिति तय गरेको हो। तसर्थ जेठ १३ गतेसम्म सेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६६ हजार ६ सय ६६ दशमलव ६३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।