काठमाडौं– नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच औपचारिक रुपमा पार्टी एकताको घोषणा हुनुअघि दुवै पार्टीका नेताले प्रधानमन्त्री निवास बालुवाटारमा वृक्षारोपण गरेका छन्।
एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा अाेली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सचिव विष्णु पौडेललगायतले वृक्षारोपण गरेका थिए।
त्यस्तै, माओवादी केन्द्रबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, जनार्दन शर्माले पनि वृक्षारोपण गरे।
उनीहरुले अाँप, समी तथा अम्बालगायतका बिरुवा रुाेपेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।