काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्र आजदेखि एउटै पार्टी बन्दैछन्। दुवै पार्टीको अलग-अलग अस्तित्व निर्वाचन आयोगमा नयाँ दल दर्ता भएसँगै समाप्त हुनेछ।
पार्टी एकता प्रक्रियाको अन्तिम दिन आज बिहान दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शीर्ष नेताहरु २५औं मदन-आश्रित स्मृतिसभामा सँगै भेला भए।
कार्यक्रममा मन्तव्य राखेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मदन-आश्रितलाई सम्झिए र पार्टी एकता हुन लागेकोमा खुसी व्यक्त गरे।
बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालय मदननगरमा आयोजित स्मृतिसभामा भेला भएका नेताहरुको अनुहारको रंग भने फुङ्ग उडेको जस्तो र मलिन देखिन्थ्यो। यो मदन-आश्रितको सम्झनामा थियो वा अहिलेसम्म हिँड्दै आएका अलग-अलग अस्तित्वका पार्टी अब इतिहास बन्दैछन् भन्ने चिन्ताको रेखा थियो त्यो भने नेताहरुकै मनभित्रको कुरा भयो।
हेरौं केही तस्बिरः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।