काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रको पार्टी औपचारिक पार्टी एकतापछि आजै निर्वाचन आयोगमा दर्ता हुने जनाएका छन्।
२५औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खु मदननगरमा आयोजित श्रद्धाञ्जलीसभामा एमाले अध्यक्ष ओलीले आजै संयुक्त केन्द्रीय समिति बैठक बस्ने र निर्वाचन आयोगमा दल दर्ता हुने जानकारी दिएका हुन्।
ओलीले भने, 'पार्टी एकता समितिको बैठक बस्छ, दुवै पार्टीले निर्णय गरिसकेका छन्। सयुक्त केन्द्रीय कमिटि बैठक बस्छ र त्यसले निर्णय गरेर निर्वाचन आयोगमा दर्ता हुन्छ। यो सधैँजस्तो दर्ता गरेको होइन। यो त नेपालको भविष्यको संकेतको दर्ता गर्दैछौं।’
ओलीले पार्टी एकतालाई संख्यासँग नजोड्न पनि आग्रह गरे। 'पार्टीहरु कहिले मिल्छन् कहिले फुट्छन् तर यो यत्ति होइन। यसले राजनीति, 8नीति, वर्तमान र भविष्य, अर्थतन्त्र र नेपालको उचाईलाई अनेक कोणबाट प्रभावित गर्छ। यसको दुरगामी महत्व छ,' ओलीले भने, 'कसका सदस्य कति छन् मात्र होइन, यसको गुणात्मक हिसावले अर्थ र महत्व छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।