काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास आज एउटा नयाँ मोडमा प्रवेश गरेको बताएका छन्।
२५औं मदन-आश्रित स्मृति दिवसकाे अवसरमा मदननगर बल्खुमा आज आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी एकताको घोषणाबारे भने, 'आज नै एेतिहासिक दिन बनाउनुपर्छ, जुन दिन कमरेड मदन भण्डारीको अवसान भएको थियो।'
उनले हिजो दुई अध्यक्षको बीचमा कुरा गर्दा मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता गर्नुपर्छ भनेर आफूले प्रस्ताव गरेको र त्यही अनुसार आज पार्टी एकताको निष्कर्षमा पुगेको जानकारी दिए। पार्टी एकताको निर्णय नै सच्चा अर्थमा कमरेड मदन-आश्रितप्रतिको श्रद्धाञ्जली भएको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।