काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भोलि बिहान एउटै मञ्चबाट पार्टी एकताको सन्देश दिने भएका छन्।
दुवै पार्टीका शीर्ष नेताद्वयले भोलि मदन-आश्रित स्मृति दिवसका अवसरमा बिहान साढे ७ बजे बल्खुस्थित मदन-आश्रित स्मृति पार्कमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्दै एकताको सन्देश दिने भएका हुन्।
पार्टी एकताबारे बुधबार बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच बालुवाटारमा भएको वार्तामा सहमति जुटेपछि पार्टी एकता निष्कर्ष उन्मुख देखिएसँगै दुवै नेताले संयुक्तरुपमा सन्देश दिने तयारी गरेका हुन्।
यसैबीच एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग भोलि नै पार्टी एकता गर्ने निर्णय गर्दै महाधिवेशनसम्म दुवै शीर्ष नेता अध्यक्ष रहने टुंगो लगाएको छ।
उता, माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।