काठमाडौं– पुराना पुस्ताका कलाकार सरोज खनाल यतिबेला फिल्म 'हैरान'को प्रचारप्रसारमा व्यस्त छन्। उनी अभिनीत फिल्म जेठ ४ बाट प्रदर्शनमा आउँदै छ।
पछिल्लो समयमा एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका खनाल फिल्म 'हैरान'ले आफूलाई नयाँ कुरा सिक्ने अवसर दिएको बताउँछन्। विश्वकै 'कान्छा निर्देशक' दाबी गरिएका सौगात विष्टको निर्देशनमा काम गरेका खनाल उनको कामबाट निकै प्रभावित रहेछन्।
१० वर्षे उमेरका कलिला निर्देशकसँग काम गरेको अनुभव सुनाउँदै अभिनेता खनालले भने, ‘मान्छेको काम र उसमा भएको प्रतिभालाई उमेर हेरेर सरसर्ती मूल्यांकन गर्न नमिल्ने रहेछ। त्यसको अनुभव मैले सौगातबाट गर्न पाएँ।'
उनले आफूले स्क्रिप्ट हेरेर आफ्नै तयारीमा अभिनय गरे पनि सौगातले 'कट्' भनेर निर्देशककै ट्र्याकमा हिँडाएको सुनाए।
'त्यसपछि मात्र मैले सौगातमा भएको प्रतिभालाई मूल्यांकन गरेँ', उनले भने।
'हैरान' अगाडि सौगातले 'लभ यू बाबा' को निर्देशन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।