ad

ठेक्का लिएर समयमै काम नसक्ने ठेकेदारहरुलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

Nepal Live

काठमाडौँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडक तथा पुल निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृह मन्त्रालयमा आज गृहसचिव, विभिन्न मन्त्रालयका सचिव तथा प्रतिनिधि, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौँ र ललितपुर महानगरपालिका मेयर, काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख   सहितको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले निर्णयहरुको कार्यान्वयन फितलो भएकोमा असन्तुष्टिसमेत व्यक्त गरे।

सम्पन्न गरेका काम पनि कमसल हुनेजस्ता कार्यमा संलग्न ठेकेदारहरुको सूची तयार पार्न निर्देशन दिँदै उनले भने, 'त्यस्ता ठेकेदारहरुको सूची बनाएर सच्चिन अल्मिेटम दिनुहोस्, अल्टिमेटम दिएको समयभित्र पनि सच्चिएनन् भने पक्राउ गर्नुस्।'

सडक र ट्राफिक व्यवस्थापनका विषयमा यसअघि गरिएका निर्णयहरुलाई कार्यान्वयन गर्न उनले निर्देशन दिएका छन्। अर्को बैठकमा आउँदा यसअघि भएका निर्णयहरु केकति कार्यान्वयन भए त्यसको विवरण सहित आउन पनि उनले निर्देशन दिए।

प्राप्त प्रतिकृयाहरू

Dhama Paudyal
मन्तरी जि को आदेश ले सडक र पुल मात्र होइन अन्यत्र सरकारी निमाण को टेक्का लिएर काम समयम अ नगरेका लाई पनि पर्न थालेको जस्तो छ । तृभुभन ए य र पोर्ट मा हावा इ बिभाग्को भबन बनाउन थालेको तीन चार बर्श भो सुरुका केहि महिना काम गरेर ढिला सुस्ती गर्दै हरेक चौमासिक अन्त तिर मात्र काम गरेको देखाइदै आएका थिए ऐले केहि दिन देखी २०-३० जना कामदार ले ढलान को डन्डी ओछ्याउन थालेको देख्दै छु ।अनी काम गरेन त ?

Ram Dhakal
सही कदम

Manju shrestha
Sadak r pul matra hoina mantriju adhirajya Bharat sabai kisimko sarakari thekka samayema pura nagrne thekedar Hari r myad badhauna sahayog garne consultant r sambandhit karyalayeka adhikari haru sametlai khorma thunnu parchha .yeso garna saknu bhayema tapai badhaiko Patra hunu hunechha

गुणराज अधिकारी
सडक, पुल आदि कामको ठेक्का सम्झौता गर्दा सम्बन्धित निकायका प्रमुख तथा अन्य अधिकारीले कमिसनको मोटो रकम लिएर मात्र ठेक्का स्वीकृति गर्ने गरेका हुन्छन् अनि कसरी समयमा काम हुन्छ ।

Acharya Shreebatsa
aba ko PM Rambhahadur Thapa Badal.

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार