ad

उपत्यकामा करोडौं नक्कली नेपाली रुपैयाँ बरामद

Nepal Live

काठमाडौं– उपत्यकामा ठुलो परिणाममा प्रहरीले नक्कली नेपाली नोट बरामद गरेको छ।  अत्याधुनिक प्रेसमा छापिएका एक हजार दरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरी स्रोतका अनुसार ५ करोड ६७ लाख ४३ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। सक्कली जस्तै देखिने नोटहरु प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट बरामद गरेको हो। काठमाडौं प्रहरीले काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा छापा हानी नोट बरामद गरेको हो। 

कसरी ठुलो मात्रा नक्कली नोट छापियो भन्ने सन्र्दशमा छानबिन भइरहेको काठमाडौं परिसरका एसपी रामदत्त जोशीले बताए। 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार