एजेन्सी– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सन् २०१४ मा आएको फिल्म 'किक' बाट पहिलो पटक सलमान खानका साथ देखिएकी थिइन्। उनी यो वर्ष 'रेस ३' मा फेरि सलमानसँग देखिँदै छिन्।
फिल्ममा सलमान मुख्य भूमिकामा छन् भने अनिल कपुर, बवी देवल, ज्याकलिन, डेजी शाह लगायतको पनि अभिनय छ।
मंगलबार युट्युबमा सार्वजनिक गरिएको फिल्मको ट्रेलर २४ घन्टा ८० लाखभन्दा बढी पटक हेरिएको छ।
यसै क्रममा फिल्मी यात्राबारे कुरा गर्दै ज्याकलिनले आफ्नो सफलताको सम्पूर्ण जस सलमानलाई दिएकी छिन्। उनले भनेकी छन्, ‘आज म जे छु, सलमान खानकै कारण छु।’
सलमानले आफ्नै लगानीको कतिपय फिल्ममा पनि ज्याकलिनलाई अवसर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्मबाट गाँसिएको सम्बन्धका साथै सलमानको परिवारसँग पनि ज्याकलिनको सम्बन्ध निकट रहेको स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।