धरहराको पुनःनिर्माणमा स्वार्थका कारण विवाद हुनु दु:खद : संस्कृति मन्त्री अधिकारी

Nepal Live

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणका लागि छिटो बोलपत्र आह्वान गरिने बताएका छन्। 

विश्व संग्रहालय दिवसको उपलक्ष्यमा नेपाल म्युजियम एसोसिएसनले आयोजना गरेको अन्तर्क्रियामा मन्त्री अधिकारीले महत्वपूर्ण सम्पदाका रुपमा रहेको धरहराको पुनःनिर्माणमा विभिन्न निकायले स्वार्थका कारण विवाद गरेकोमा चिन्ता व्यक्त गरे। 

ऐतिहासिक सम्पदास्थल काष्ठमण्डपको पुनःनिर्माण सुरु भइसकेको जानकारी दिँदै उनले रानीपोखरीको पनि विवाद छिटै अन्त्य गरी निर्माण कार्य अगाडि बढ्ने बताए। 

इतिहासविद् तुलसीराम वैद्य, प्राडा त्रिरत्न मानन्धर, शंकर थापा र सुरेन्द्र केसीले भूकम्पबाट ध्वस्त भएका सम्पदा अहिलेसम्म बन्न नसकेकामा चिन्ता व्यक्त गर्दै मुलुकबाट विभिन्न समयमा चोरी भई हराएका महत्वपूर्ण सम्पदा फिर्ता गर्न माग गरे। 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले कानुनी जटिलताका कारण विभिन्न समयमा आउने समस्याले सम्पदा पुनःनिर्माणको कार्य अपेक्षाकृत रुपमा अगाडि बढाउन नसकिएको स्विकारे। 

एसोसिएसनका अध्यक्ष प्रेमसिंह बस्न्यातले देशभित्र सबैको संस्कृतिलाई सरकारले संरक्षण गरी राष्ट्रिय संस्कृतिलाई बलियो बनाउन सकिने भन्दै सरकारले स्थानीय समुदायसँग समन्वय गरी सम्पदा तथा संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए। (रासस)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार