काठमाडौं–आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्काे फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन्। जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन्।
जेठ १७ गते इंगल्यान्डको लर्डस्मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन्। वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो।
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्।
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन्।
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्। टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन्।
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ। चर्चासँगै उनले एकपछि अर्काे अवसर पाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।