काठमाडौं– नेकपा एमालेले आकस्मिक रुपमा केन्द्रीय कमिटिको बैठक बोलाएको छ।
बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 'केन्द्रीय कमिटीको यस नवौं बैठकमा पार्टी एकताको कार्यसूची तय गरिएको छ', विज्ञप्तिमा भनिएको छ।
आजै बिहान एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान दुई घन्टा पार्टी एकताबारे छलफल चलेको थियो। चाँडै एकता घोषणा गर्न दुवै अध्यक्ष सहमत भएपछि एमालेले आजै अपराह्न ४ बजे स्थायी कमिटी बैठक बोलाएको छ। माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठक पनि प्रचण्ड निवास खुमलटारमा आजैका लागि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।