ad

२२औं पटक सगरमाथा आरोहण गर्दै कामी रिता शेर्पाले बनाए विश्व कीर्तिमान

Nepal Live

काठमाडौं- सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन्। 

२२औं पटक सफल आरोहण गर्दै शेर्पा सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुग्ने आरोही बनेका हुन्। ४८ वर्षीय शेर्पा सोलुखुम्बुको थामे गाउँका हुन्। यसअघि २१ पटक सगरमाथाको आरोहण गरेको कीर्तिमान उनी र अन्य दुई नेपाली आरोहीले राखेका थिए।

आरोहणको चौथो दिन शेर्पाले सगरमाथाको चुचुरो टेकेका हुन्। 

यस वर्षको वसन्त ऋतुमा उनीसहित ६० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेको आधार शिविरस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

मंगलबार खराब मौसमका कारण आरोहण हुनसकेको थिएन। अहिले अनुकूल मौसमका लागि आरोहीहरु प्रतीक्षामा छन्। (रासस)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार