ad

तलब बढाउन कर्मचारी संगठनको दबाब, देशव्यापी आन्दोलन गर्ने चेतावनी

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग

Nepal Live

संगठनका अध्यक्ष पुण्यप्रसाद ढकाल


काठमाडौं– निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको तलब वृद्धि नगरे र स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार पत्रकार सम्मेलन गरी संगठनले यस्तो चेतावनी दिएको हो। 

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने माग गरे। निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोन समितिलाई सक्रिय बनाई तलबबृद्धि गर्न समेत उनले माग गरे। 

आधिकारिक ट्रेड युनियनको वैशाख २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको थियो। 

स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग 

त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउन माग गरेको छ। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्ने ढकालले बताए। स्थानीय तहसम्म ट्रेड युनिनयको अधिकारलाई सुनिश्चित गर्न पनि संगठनको माग छ। स्थानीय तहमा ट्रेड युनियन राख्न नपाउने कानुन सच्याउन संगठनले माग गरेको छ। 

प्राप्त प्रतिकृयाहरू

गणेश प्रसाद तिवारी
हाम्रो देश मा कर्मचारी हरूको हक र पदको कुनै उच्चाई छईन ! जब की बिदेश मा जान बाध्या छन एक महिनाको तलबले एक तोला सुन किन्न सक्दैन्न र एक बालक लाई उच्च शिक्षा दिन कर्मचारीले न सके पछि पढेलेखेका यूवा हरू बाहिरी देशको आशा मा कुनै जागीर पाईन्छ भनेर देश बिदेश घुमी रहेका छन यो नै नेपाल आमाको बिडम्मना हो ! गरीब बुबा आमाले दुख सग पढाऐ को छोरा जब महिना कमाऊछ तर पुग्दैन !नेता र दलालद लाई पुग्छ कर्मचारी देश सेवा मा मात्र सिमीत छन अब हामी यसी चुप्प लागेर बसेर हुदैन हामी सबै एक भई कर्मचारी को साथ दिन तयार छौ !!

बालकृष्ण खनाल
तलब बृद्धी अनिवार्य आवश्यक्ता हो ,तर यसमा तह र श्रेणीको स्केलमा कम्तीमा पनि रू5000या छ हजारको फरक कायम गरूँ,तेस पछी कमसे कम तह र श्रेणीको योग्यताको जवाफदेही र जिम्मेवारीको प्रतीशत हेरी तलब बृद्धी गरू र तेसको कर दायरा ब्यक्ती र दम्पथ्तीको आकार मीनीमम् पाच लाख र सात लाख को दुरी कायम गरू तब मात्र पेन्सनमा सुत्र,हालबाट फरक गरी नया सुत्र कायम गरू यसका लागि आन्दोलन आवश्यक छ छ छ!बाकी प्रतेक वर्ष तलव बढाऊनै पर्ने,मा पनी यो र त्यो अड्चन कायम गरू र राष्ट सेवक हौ महीनावारी र जिम्मेवारी बहन होला !!

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार