काठमाडौं- हुम्लाको खार्पुनाथमा भएको विमान दुर्घटनामा मृत्यु हुने पाइलट आदित्य नेपाली मकालु एयरका सञ्चालक फिजुनाथ नेपालीका छोरा भएको खुलेको छ। दुर्घटनामा क्याप्टेन किरण भट्टराई र नेपालीको मृत्यु भएको थियो। आदित्य फिजुका एक मात्र छोरा हुन्।
दुर्घटनाअघि पाइलट नेपालीले विमान बादलमा हराएको जानकारी गराएका थिए। सुर्खेतबाट उडेको उक्त मकालु एयरको कार्गो विमान खराब मौसमका कारण बिहान दुर्घटना भएको हो।
दुर्घटनास्थल खार्पुनाथ सिमीकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिणपूर्व पर्छ। बिहान ६:१२ बजे उडेको विमानको नेपालगन्ज टावरसँग ६:२७ बजे अन्तिम सम्पर्क भएको नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजकुमार क्षेत्रीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
गृह मन्त्रालयका अनुसार दुवै पाइलटको शव सिमीकोट विमानस्थलमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।