काठमाडौं– मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले २ हजार ५ सय १८ रुपैयाँ ३५ पैसा तोकेको छ भने अधारभूत मूल्य २ हजार ४४ दशमलब १७ रुपैयाँ दिएको थियो।
नेप्सेले कम्पनीको ३० दशमलब ८० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
मिर्मिरे माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट उक्त बोनस सेयर प्रस्ताव गरेको हो। प्रस्तावित बोनस पारित गर्न कम्पनीले आगामी जेठ २५ गते साधारणसभा बोलाएको छ। सो साधारणसभाले बोनस सेयर पारित गरेपछि मात्रै लगानीकर्ताले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ। उक्त बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी ५ करोड ७३ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।